लिचीको रूखमा झुन्डिएको अवस्थामा भेटिए युवा-युवती

विराटनगर । मोरङको रंगेलीमा रुखमा झुन्डिएको अवस्थामा युवा युवती मृत भेटिएका छन् ।

रंगेली नगरपालिका–२ मा रहेको कृषि फार्मको लिचीको रुखमा झुन्डिएको अवस्थामा शुक्रबार उनीहरु मृत फेला परेका हुन् ।

रंगेली–२ का १८ वर्षीय सञ्जय उराव र बेलबारी नगरपालिका–२ की १८ वर्षीया ललिता उराव मृत फेला परेको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालका अनुसार स्थानीय जनक कार्कीले सञ्चालन गरेको ईश्वरी कृषि फार्ममा रहेको लिचीको रुखको एउटै हाँगामा डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा उनीहरुलाई फेला पारिएको हो ।

इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक चन्द्रबहादुर खड्का नेतृत्वको टोली पुगेर घटनाबारे अनुसन्धान सुरु गरेको छ ।

सञ्जयको घर लिची बगाननजिक छ । बेलबारी–२ थापा टोलका माइला उरावकी छोरी ललिता र उनीहरुबीच बिहे गर्ने पारिवारिक सहमति भएको स्थानीयले बताएका छन् ।

त्यसपछि एक महिना अघिदेखि ललिता सञ्जयकै घरमा गएर बस्न थालेकी थिइन् ।

बिहे गर्ने उमेर नपुगेको भन्दै परिवारले तत्काल औपचारिक रुपमा बिहे नगर्ने गरी सहमति दिएको गाउँलेले बताएका छन् । त्यही कारण उनीहरु अनौपचारिक रुपमा सम्बन्धमा रहेर साथै बस्न थालेको प्रारम्भिक अध्ययनबाट पत्ता लागेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *