सेतो मच्छिन्द्रनाथको रथजात्रा आज शुरू हुँदै

काठमाडौं । वर्षा र सहकालका देवता मानिने सेतो मच्छिन्द्रनाथको रथजात्रा आजदेखि सुरु हुँदै छ । चैते दशैंका दिनदेखि मच्छिन्द्रनाथको जात्रा शुरु गरिने चलन छ ।

मच्छिन्द्रनाथको देवगृहबाट मूलदेवता खटमा राखेर तीनधारा पाठशालामा रथारोहण गरेपछि जात्रा शुरु हुन्छ ।

गुठी संस्थान कार्यालय काठमाडौंका प्रमुख राजेन्द्र दाहालका अनुसार ३२ हात अग्लो रथ जात्राको पहिलो दिन तीनधारा पाठशालाबाट रत्नपार्क भोटाहिटी हुँदै असन पुर्‍याइन्छ ।

रथलाई असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै मच्छिन्द्रबहाल पुर्याएर जात्रा सम्पन्न गरिन्छ ।

मल्लकालीन राजा यक्ष मल्लको पालाबाट यो जात्रा सुरु भएको मानिन्छ ।

आज अपराह्न ४ बजे मच्छिन्द्र बहालदेखि तीनधारा पाठशालासम्म रथयात्रा हुनेछ ।

५ बजेदेखि ६ः३० बजेसम्म जमल, रत्नपार्क, भोटाहिटी हुँदै असन पुर्याइने छ ।

चैत १६ गते ५ बजेदेखि ६ः३० बजेसम्म असन, बालकुमारी, केल टोल, इन्द्रचोक मखन हुँदै हनुमान ढोका पुर्याइने छ भने १७ गते ४ बजेदेखि ६ः३० बजेसम्म हनुमानढोका, चिंकमुगल, जैशीदेवल, ज्याबहाल हुँदै लगन पुर्याइने छ ।

यसैगरी, चैत १८ गते साँझ ५ः३० देखि ६ः३० बजेसम्म लगन आमा रुख परिक्रमा गराइने छ । चैत १९ गते साँझ ५ः३० देखि ७ः३० बजेसम्म लगन, ज्याबहाल, द्यः लं, यूतुननी, कोहिति भीमसेन थान, मरु, यतखा, नरदेवी, किलागल, भेडासिङ, केलटोल हुँदै मच्छिन्द्रबहालसम्म रथयात्रा गरिने गुठी कार्यालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *