ताप्लेजुङ केन्द्र बनाएर ४.६ म्याग्निच्युडको भूकम्प

काठमाडौ. । नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रबिन्दु भएर राति भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार ताप्लेजुङको स्याओ केन्द्रबिन्दु भएर मंगलबार राति ११ बजेर ४१ मिनेट जाँदा ४.६ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का पूर्वका विभिन्न जिल्लामा महसुस गरिएको थियो ।

पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिम क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम बढेको छ ।

यसअघि फागुन १७ गते ताप्लेजुङ नै केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो । यस्तै फागुन १ गते ताप्लेजुङमै ४.८ म्याग्निच्युडको भूकम्प गएको थियो ।

त्यसैगरी, चैत १२ गते बाजुरा केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युड र मुगुको भइ केन्द्रबिन्दु भएर चैत १० गते ४.५ म्याग्निच्युडको भूकम्प गएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *