विराट गोल्डकपः एपीएफलाई हराउँदै लुका सकर फाइनलमा

विराटनगर । केरलाको लुका सकर फुटबल क्लबले विराट गोल्डकपको फाइनलमा स्थान बनाएको छ ।

पहिलो पटक अन्तर्राष्ट्रिय सहभागिता जनाएको लुकाले विराटनगरको शहीद रंगशालामा गएराति भएको दोस्रो सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन एपीएफलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित गरी फाइनल यात्रा पक्का गरेको हो ।

निर्धारित र अतिरिक्त दुवै समयमा दुवै पक्षबाट कुनै पनि गोल नभएपछि खेलको नतिजा पेनाल्टी सूटआउटबाट निकालिएको हो । पेनाल्टी सुटआउटमा लुका सकरका गोलपिकर सनफिर नायक बने । उनले म्यान अफ द म्याच घोषित हुँदै नगद ११ हजार रुपैयाँ पुरस्कार पाए ।

उनले एपीएफका विशाल स्याङतानको प्रहारलाई उत्कृष्ट बचाउ गर्दै एपीएफलाई सुरुआती अग्रता बनाउन रोकेका थिए । यस्तै एपीएफका गोलकिपर राजु नगरकोटी आफैले प्रहार गरेको पेनाल्टी बारमा लागेर बाहिरिएपछि लुकालाई जित्न सहज भयो ।

एपीएफका दीपेश धिमाल र सविन गुरुङले मात्र गोल गरेका थिए । लुकाका लागि चाल्र्स, मोहम्मद रफी, मोहम्मद असद र पउलले गोल गरेका थिए भने लुकाका क्यामुदिनको प्रहार एपीएफका गोलरक्षक राजु नगरकोटीले बचाएका थिए ।

प्रतियोगिताको उपाधिका लागि लुका सकरले घरेलु टोली विराटनगरसँग खेल्ने छ । फाइनल खेल बिहीबार हुने छ ।

प्रतियोगिताको उपाधि विजेताले २० लाख १५ हजार नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेता हुने टिमले १० लाख २५ हजार प्राप्त गर्ने छ । विधागततर्फ उत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्ने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *