विराटनगरका १८३ जना कविका कविता एकै कृतिमा

विराटनगर । विराटनगरका सयभन्दा बढी कविहरुको सिर्जना समावेश भएको कृति ‘विराटनगरका कवि र कविता’ तयार गरिएको छ ।

पूर्वाञ्चल साहित्य प्रतिष्ठानको प्रकाशनमाला शृङ्खलाको १००औँ कृतिका रुपमा यो संग्रह सार्वजनिक गर्न लागिएको हो ।

सर्जक लक्ष्मी पोखरेलबाट सम्पादित संग्रहमा विराटनगरका १८३ जना कविहरूका कविता समावेश गरिएको प्रतिष्ठानले जनाएको छ ।

कवि डा. विमल कोइरालाको प्रमुख आतिथ्यमा विराटनगरको बरगाछीस्थित बरगाछी बहुउद्देश्यीय सहकारी संस्थाको सभाकक्षमा चैत १८ गते शनिबार आयोजना हुने कार्यक्रममा कृति सार्वजनिक गरिने प्रतिष्ठानका अध्यक्ष विवश पोखरेलले बताए ।

कृतिमा समावेश कविहरुका बारे जानकारीमूलक सामग्री पनि समेटिएको जनाइएको छ ।

प्रतिष्ठानका महासचिव गोकुल अधिकारीका अनुसार ११ बजे सुरु हुने कार्यक्रमका अवसरमा सर्जकहरुले आफ्ना कविता सुनाउने कार्यक्रम पनि तय भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *