निष्ठाको कविता पहिलो

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको आंगिक ‘कलेज अफ ल’ मा भएको कविता प्रतियोगितामा निष्ठा बस्नेत प्रथम भएकी छिन् ।
बीए, एलएलबी कक्षा समितिले सोमवार आयोजना गरेको कविता प्रतियोगितामा बस्नेतको कविता ‘आउनु है’ शीर्षकको कविता प्रथम भएको हो
।
आकृति पन्तको ‘एक्लै छु’ कविता द्वितीय भएको भएको छ । प्रथम र द्वितीय हुने प्रतियोगीलाई क्याम्पसका निर्देशक महेशप्रसाद निरौलाले पुरस्कृत गरेका थिए ।
प्रतियोगितामा १० वटा कविता सहभागी थिए । तीनजना कविले अप्रतियोगी रुपमा कविता वाचन गरेका थिए ।
निमु शेर्पाले ‘मलाई वकिल बन्नु छ’, महेश देवकोटाले ‘बाको कथा’, मेनुकाले ‘मेरा हृदयका चोटहरू’, नितिला खतिवडाले ‘बेसहारा’, पूजा आचार्यले ‘मृत्युका दर्शक’, आदर्श झाले ‘नेपालको छोरो’, मुक्ति घिमिरेले ‘दलित’, मनीषा दंगालले ‘नेपाल आमा’ शीर्षकका कविता वाचन गरेका थिए ।
विद्यार्थीहरूको व्यक्तित्व विकासका लागि यस्ता कार्यक्रम उपयोगी हुने भन्दै निर्देशक निरौलाले कोर्सको पढाईमा जत्तिकै अतिरिक्त क्रियाकलामा पनि सक्रिय सहभागी हुन विद्यार्थीलाई आग्रह गरे ।