कोशी नामकरण विवादः आन्दोलनरत पक्षसँग वार्ता गर्नेु सरकारको तयारी

काठमाडौं । सरकारले कोशी प्रदेश नामकरणको विरोधमा आन्दोलनरत पक्षसँग वार्ता गर्ने भएको छ ।

प्रदेश राजधानी विराटनगरमा चैत ५ गते भएको प्रदर्शनका घाइते पदम लिम्बूको निधनपछि आन्दोलनकारीले विरोधका थप कार्यक्रम गर्ने घोषणा गरेका छन् ।

यसबीच, आन्दोलनरत पक्षसँग प्रधानमन्त्री पुष्पकमल दाहालले छलफल गरेर वार्ताका माध्यमबाट विवाद साम्य पार्ने पहल गरेका हुन् ।

काठमाडौंमा भएको प्रधानमन्त्री र आन्दोलनरत पक्षबीचको छलफलपछि सरकारले गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति बनाएको छ ।

आन्दोलनरत पक्षसँग वार्ताका लागि प्रदेशसँग समन्वय गरेर वार्ता टोली पनि बनाउने सरकारको तयारी छ ।

विभिन्न जातीय संघ-संगठन सम्मिलित संयुक्त संघर्ष समिति बनाएर आन्दोलनमा होमिएका उनीहरुले पहिचानमा आधारित नामकरण गर्नुपर्ने माग राखेका छन् ।

सरकारले विराटनगरमा भएको घटनाको छानबिन गरी वार्ताको तयारी थाले पनि आन्दोलनरत पक्षले भने नाम नसच्चिएसम्म निरन्तर संघर्ष गर्ने चेतावनी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *