छैठौं नेवा: दिवस मनाउँदै नेवार समुदाय

काठमाडौं । विश्वभरि रहेका नेवार समुदायले आज शनिबार छैठौं नेवा: दिवस मनाउँदैछन् ।
वर्ल्ड नेवाः अर्गनाइजेशनको आह्वानमा मार्च महिनाको अन्तिम शनिबार विश्व नेवाः दिवस मनाउने चलन छ ।
विभिन्न देशमा रहेका नेवार समुदायसँग सम्बन्धित संस्थाहरुले विभिन्न कार्यक्रम गरेर यो दिवस मनाउँदैछन् ।
नेवाः साहित्य, कला र संस्कृतिको सम्मान र यसको महत्वलाई अन्तर्राष्ट्रियकरण गर्न दिवस मनाउन थालिएको नेवार समुदायका अगुवाहरु बताउँछन् ।
दिवसको अवसरमा नेपाल, भारत, अमेरिका, बेलायत, जापान, बेल्जियम, न्युजिल्याण्ड लगायतका देशमा रहेको च्याप्टरले कार्यक्रम गर्ने अर्गनाइजेशनले जनाएको छ ।
यस्तै वर्ल्ड नेवा: अर्गनाइजेशनले नेपाली समय अनुसार आज बेलुकी साढे ७ बजे विभिन्न देशमा रहेका नेवारहरुको सहभागितामा अन्तरक्रिया गर्ने भएको छ ।
काठमाडौं उपत्यका मूल थलो भएका नेवार समुदाय एउटा मूलबासी भाषिक समुदाय हो ।
सांस्कृतिक रूपले निकै सम्पन्न यो समुदायको आफ्नै भाषा र लिपि छ । यो समुदायको खाना, परिकार पनि प्रसिद्ध छ ।
विभिन्न अवसरहरुमा भोजका लागि बनाइने विशेष प्रकारका खान्कीहरुले अरु समुदायका मासिनलाई पनि आकर्षित गर्ने गरेका छन् ।