महिला फुटबलमा नेपालको वरीयता सुधार

काठमाडौं । नेपाली महिला फुटबल टोलीको फिफा वरीयतामा तीन स्थान सुधार भएको छ। विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले तीन स्थान सुधार गरेको हो।
नयाँ वरीयतामा नेपाल १ हजार २०५ अङ्कका साथ एक सयौँ स्थानमा उक्लिएको छ। यसअघि नेपाल १०३औँ स्थानमा थियो।
एसियाली राष्ट्रको वरीयतामा भने नेपाल २०औँ स्थानमा छ। सार्वजनिक गरिएको वरीयतामा अमेरिका शीर्ष स्थानमा यथावत छ । जर्मनी दोस्रो तथा स्वीडेन तेस्रो स्थानमा छ।
इङ्ल्यान्ड चौथो, फ्रान्स पाँचौँ, क्यानाडा छैटौँ र स्पेन सातौँ स्थानमा छ्न्। नेदरल्यान्ड्स आठ, ब्राजिल नवौँ र अस्ट्रेलिया दशौँ स्थानमा छन्।
-फाइल तस्बिरः एन्फा
प्रतिक्रिया