राउतको नेतृत्वमा उद्योग वाणिज्य महासंघ कोशी प्रदेश

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघको कोशी प्रदेश समिति अध्यक्षमा उद्योगी राजेन्द्र राउत निर्वाचित भएका छन् । यसअघि वरिष्ठ उपाध्यक्ष रहेका उनी झापाको बिर्तामोडमा बिहिवार भएको पाचौँ प्रदेशसभाबाट निर्विरोध निर्वाचित भएका हुन् ।

अधिवेशनबाट महासंघको प्रदेश उपाध्यक्षमा जिल्ला तथा नगर उद्योग वाणिज्य महासंघबाट भीम पौडेल तथा एशोसिएटसबाट कुमारमणि पोखरेल निर्वाचित भएका छन् । समितिको कोषाध्यक्षमा सुवास आचार्य निर्वाचित भएका छन् ।

यस्तै, सदस्यमा ध्रुवलाल श्रेष्ठ, वीरेन्द्रकुमार शाह, प्रितम खड्गी, प्रकाश शिवाकोटी, ऋषिराज तिम्सिना, राजन श्रेष्ठ र दिपक पाण्डे निर्वाचित भएका छन् । यस्तै रविनकुमार दाहाल, भविसकुमार श्रेष्ठ र श्रवणकुमार अग्रवाल पनि सदस्य निर्वाचित भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *