नेपालले २-० गोलले लाओसलाई हरायो

काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगितामा नेपालले लाओसलाई हराएको छ ।
आज बुधवार काठमाडौंंस्थित दशरथ रङ्गशालामा भएको खेलमा नेपालले लाओसलाई २–० गोलले हराएको हो ।
खेलको पहिलो हाफमा १ गोल गरेको नेपालले दोस्रो हाफमा गोल थपेको थियो ।
नेपालका लागि अनन्त तामाङले खेलको ३० औँ र नवयुग श्रेष्ठले खेलको ५५ औँ मिनेटमा गोल गरे ।
आज सुरु भएको प्रतियोगितामा नेपालले अर्को खेल चैत १४ गते भुटानसँग खेल्नेछ ।
सिङ्गल राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिता शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्नेछन् ।
विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार डलर पाउने एन्फाले जनाएको छ ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर र खेलको म्यान अफ दि म्याचले २ सय ५० डलर पाउने छन् ।
प्रतिक्रिया