विद्यार्थीबीच बेलायती संसदीय अभ्यासजस्तै बहस प्रतियोगिता

विराटनगर । विराटनगर १४ स्थित एस्पायर कलेजमा अनलाइन व्यवसाय र अफलाइन व्यवसायबीच कुन राम्रो भन्ने विषयमा बहस प्रतियोगिता गरिएको छ ।

बेलायती संसदीय अभ्यास प्रणालीअनुसार सञ्चालन भएको बहस प्रतियोगितामा विद्यार्थीहरुले भाग लिएका थिए ।

विद्यार्थीहरुलाई कलेजका तर्फबाट एक दिनको प्रशिक्षण पश्चात् बहसमा सहभागी गराइएको कलेजका होटल म्यानेजमेन्ट संकायका कोअर्डिनेटर शुभम भट्टराईले जानकारी दिए ।

विद्यार्थीहरुले अनलाइन र अफलाइन व्यवसायका फाइदा, बेफाइदा राम्रो पक्ष, नराम्रो पक्ष लगायतका विषयमा प्रभावशाली बहस गरेका थिए ।

प्रतियोगितामा लिया खवास प्रथम, द्वितीय समीर लावती, मिरा परियार तृतीय भएका थिए ।

लामो समयदेखि शिक्षण कार्यमा रहेका तुलसी दुलाल मुख्य निर्णायक थिए । कलेजमा अध्यापनरत शिक्षिका निशु सुवेदी निर्णायक थिइन् ।

निर्णायक मण्डलले विद्यार्थीहरुले गरेको बहसलाई मूल्यांकन गर्दै प्रथम द्वितीय र तृतीय घोषणा गरेको थियो ।

कलेजका प्रमुख चिन्तामणि बस्नेतका अनुसार शिक्षण सिकाइका अतिरिक्त यस्ता कृयाकलापले विद्यार्थीहरुको चौतर्फी विकास हुने र कलेजले समय समयमा यस्ता कार्यक्रमहरु आयोजना गर्ने गरेको जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *