हात्ती हरायो

‌ओहो अजिब रैछ यो हात्ती
आजकल चर्छ पनि धेरै यो हात्ती ।

हिजो अस्ति हात्ती हुनेका ठाँटबाट नै बेग्लै थियो
आज हात्तीको पनि मोल घटेछ बरै ।।

हात्ती चर्न त जान्छ निकै
फर्किदा हरिण हुन्छ बरै ।

जंगल पनि अब त मासिँदै छ कठै
शहररुपी कोलाहलमा हात्ती भक्कानिँदैछ कतै ।।

अब हात्ती हरायो
आफ्नै अस्तित्वको खोजीमा ।

चानचुनसरी रहेन इज्जत त्यै हात्तीको
तै पनि भागदौड कायमै छ ।।

‌ओहो अजिब रैछ यो हात्ती
आजकल चर्छ पनि धेरै यै हात्ती ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *