तिम्रो माया लाग्दैन

पटक पटक तिमी, ममा मिल्न आयौ,
सम्मिलनको राग गायौ
मेरो जीवन सजायौ
मायाका सर्कोहरु तानें,
खुब हराएँ, रमाएँ
निकोटिनको जस्तो असर
कहिले लाग्दै, त कहिले छाड्दै जान्थ्यो !

लेख्दै रहें, पोख्दै रहें,
तिमी गयौ टाढा टाढा,
म विरह कोरेर कवि भएँ !

तिमीले सुन कमायौ, धुन बनायौ
नाम कमायौ, फेरि आयौ
मायाका तार छेड्यौ,
मधुर गीत गायौ, मोहनी लगायौ,
मैले सहजै पत्याएँ !

तिमी विस्तारै घाममा शीत हराएझैँ हरायौ
खोज्ने रहरलाई मीठो जहर दिइरह्यौ,
मैले रात रातभर पिइरहेँ !

हेर त ! तिम्रो जहरले काम गरेको
मलाई तिमी मन पर्दैन,
केहीले कतै छुँदैन
तिम्रो माया लाग्दैन ।


प्रतिक्रिया

One thought on “तिम्रो माया लाग्दैन

  1. हेर त ! तिम्रो जहरले काम गरेको
    मलाई तिमी मन पर्दैन,
    केहीले कतै छुँदैन
    तिम्रो माया लाग्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *