कांग्रेस सरकारमा जाने, नेतृत्वको टुंगो लाग्न बाँकी

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएर सरकारमा सहभागी हुने निर्णय गरेको छ ।
पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको आइबार बसेको बैठकले सरकारमा जाने निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिएका छन् ।
चैत्र ६ गते प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने भएका छन् ।
दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको महतले बताए ।
संविधानको रक्षा, सम्बर्द्धन, देशको विकास, समृद्धि र स्थिरतालाई केन्द्रमा राखेर सरकारले काम गर्ने अपेक्षासहित कांग्रेस सरकारमा सहभागी हुन लागेको प्रवक्ता महतको भनाइ छ ।
बैठकले उपराष्ट्रपतिमा निर्वाचित रामसहायप्रसाद यादवलाई बधाई दिने निर्णय गरेको छ ।
कसको नेतृमा कांग्रेस सरकारमा जाने भन्ने टुंगो गर्न भने बाँकी रहेको जनाइएको छ ।
कांग्रेसले मन्त्रीहरु सरकारमा पठाउँदा योगदान, योग्यता, समावेशितालाई ध्यानमा राखेर पठाउने महतले बताए ।
‘नेतृत्वले सुझाव सल्लाह लिएर कसको नेतृत्वमा सरकारमा जाने भन्ने निर्णय गर्नेछ’ उनले भने, ‘मन्त्रिपरिषद्मा पठाउँदा योगदान, योग्यता, समावेशितालाई ध्यानमा राखेर जाने निर्णय भएको छ ।