सुनको मूल्य बढेको बढ्यै, तोलाको १ लाख १० हजार

काठमाडौं । सुनको मूल्य हालसम्मकै सबैभन्दा बढी कायम भएको छ । आइतबार एकै दिन तोलामा २ हजार ९ सय रुपैयाँ बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको बजार मूल्य प्रति तोला एक लाख १० हजार रुपैयाँ पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा बढ्दो अस्थिरता, बेरोजगारीलगायत कारणले सुनको मूल्य निरन्तर बढिरहेको महासंघले जनाएको छ ।

मूल्य अझै बढ्न सक्ने देखिएको महासंघको भनाइ छ । माघ १९ गते सुनको भाउ अहिलेसम्मकै उच्च तोलामा एक लाख ७ हजार ५ सय रुपैयाँ पुगेको थियो ।

यसैगरी चाँदीको भाउ पनि बढेको छ । तोलामा ३५ रुपैयाँले बढेर चाँदी आइतबार १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *