घिमिरे बन्धु प्रतिष्ठानको पनौती नगर समितिमा नवराज

काठमाडौं । घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान काभ्रेको घुम्ती बैठक शनिबार कुशादेवी पनौतीमा सम्पन्न भएको छ ।

बैठकले नवराज घिमिरे ‘धीरेन’ को संयोजकत्वमा पनौती नगर कमिटी समेत गठन गरेको छ । सचिवमा शशिधर घिमिरे चयन भएका छन् ।

समितिका अन्य पदाधिकारी र सदस्य चयन गर्ने जिम्मा नेतृत्वलाई नै जिम्मा दिइएको छ ।

यसैबीच, जिल्ला कमिटीको निर्णयबमोजिम कोष निर्माणका लागि विभिन्न दाताले सहयोग गरेका छन् ।

पाँचखालका केदारनाथ घिमिरेले ५ हजार, बनेपाका रघुनाथ घिमिरेले ३ हजार, बनेपाकै वेदप्रसाद घिमिरेले ३ हजार रुपैयाँ जम्मा गरेका छन् । यसैगरी बनेपाका नमराज घिमिरे ‘समीप’ ले ३ हजार जम्मा गरेका छन् ।

आगामी वैठक जेठ ६ गते पाँचखालमा बस्ने निर्णय भएको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *