स्वाधीनताको रक्षा र संविधानको पालना मेरा मार्गनिर्देशक सिद्धान्तः राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन, स्वाधीनताको रक्षा, संविधानको पालना र संरक्षण गर्ने संवैधानिक जिम्मेवारी आफ्ना मार्गनिर्देशक सिद्धान्त रहने बताएका छन् ।

संघीय तथा प्रदेशसभाका सांसदहरुका लागि शनिबार शीतल निवासमा आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

संविधान निर्माण गर्ने प्रक्रियामा सहभागी रहेर काम गर्ने अवसर प्राप्त गरेकाले पनि संविधानले राष्ट्रपतिलाई दिएको काम, कर्तव्य र अधिकारप्रति आफू सचेत रहने राष्ट्रपति पौडेलको भनाइ थियो ।

संविधानले नेपालका सबै जनतालाई असिम अधिकार प्रदान गरेको उल्लेख गर्दै उनले यसको जगेर्ना गर्दै राष्ट्रलाई स्थायित्व दिन सबैको परम कर्तव्य भएको बताए ।

चियापानमा प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधानमन्त्री, मन्त्री, प्रदेशका मुख्यमन्त्रीका साथै नेपाली कांग्रेस, नेकपा एमालेलगायत विभिन्न दलका सांसदहरुको उपस्थिति थियो ।

फागुन २५ गते पौडेल राष्ट्रपतिमा निर्वाचित भएका पौडेलले धन्यवाद दिन सांसदहरुलाई चियापानमा बोलाएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *