कुमारको नेतृत्वमा लेखक संघ

बिर्तामोड । नेपाली लेखक संघ झापाको नेतृत्वको जिम्मेवारी कुमार भट्टराईले लिएका छन् । उनको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति बनाइएको छ ।
बिर्तामोडस्थित जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषको सभा हलमा साहित्यकारहरुको भेलाले नयाँ कार्यसमिति गठन गरेको हो ।
भेलाले समितिको उपाध्यक्षमा धनकुमारी खरेल (लता), सचिवमा समीरबाबु कट्टेल, सहसचिवमा सुनिता तामाङ, कोषाध्यक्षमा पवन राजवंशीलाई चयन गरेको छ ।
सदस्यमा दयानन्द गोस्वामी, वेणुप्रािदन अधिकारी, चित्रा पौड्याल, ठाकुरप्रसाद पोखरेल, राजेन्द्र गौतम र दिपिन राई चुनिएका छन् ।
भेला साहित्यकार तथा पत्रकार केशव आचार्य, विष्णुकुमार भट्टराई, राजेश ढुङ्गाना लगायतको उपस्थितिमा सम्पन्न भएको थियो ।
नेपाली लेखक संघको कोशी प्रदेश अधिवेशनका लागि प्रतिनिधि पनि चयन गरिएको छ । जिल्ला अध्यक्षसहित पाँचजना प्रदेश प्रतिनिधि समेत चयन गरिएको छ ।
प्रदेश प्रतिनिधिमा अध्यक्ष भट्टराई, रश्मिशेखर सुवेदी, लीला अनमोल, मिलनकुमार ढुङ्गाना र लेखनाथ पौड्याल (केशव) लाई चयन गरिएको छ ।
लोकतान्त्रिक विचारधारामा विश्वास गर्ने साहित्य तथा लेखकहरुको संस्था यसअघि नेपाली लेखक संघ झापा गोपालकुमार बस्नेत नेतृत्वमा थियो ।