पशुपति क्षेत्र विकास कोषद्वारा हिन्दु विश्वविद्यालय स्थापनाको पहल

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले हिन्दु विश्वविद्यालय स्थापना गर्न सम्भाव्यता अध्ययन गर्ने भएको छ । त्यसका लागि डा. जगमान गुरुङको नेतृत्वमा ५ सदस्य समिति गठन गरिएको छ ।

समितिको सदस्यमा प्रा. डा. रामचन्द्र गौतम, प्रा. चेतनाथ गौतम, कमल ढकाल र सदस्य सचिवमा डा।. घनश्याम खतिवडा छन् ।

बिहिवार कोषले विश्वविद्यालय निर्माणका लागि सम्भाव्यतासहित अवधारणा पत्र तयारी समिति गठन गरेको हो ।

पर्यटन मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै चैतभित्र अवधारणा पत्र तयार पार्न काम अघि बढाउने जानकारी दिइएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले नेपाल धर्मनिरपक्ष राष्ट्र भएको भन्दै सबै धर्मको सम्मान हुने बताए ।

डा. जगमान गुरुङलाई हिन्दु विश्वविद्यालय स्थापना गर्नको लागि अध्ययन गर्ने जिम्मेवारी भन्दा पनि सम्मान भएको उनको भनाइ थियो ।

हिन्दु विश्वविद्यालय स्थापना गर्नु अहिलेको मुलुकको आवश्यकता भएको भन्दै मन्त्री किराँतीले आधुनिक नेपालको सम्भयताको प्रारम्भ हिन्दु विश्वविद्यालय स्थापनाबाट हुने बताए ।

हिन्दु विश्वविद्यालय २०८१को मंसिरभित्र मा सबै प्रक्रिया पूरा गर्ने घोषणा गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *