डेनीले ल्याए ‘कहिले दिन कहिले रात’

काठमाडौं । कलाकार डेनी निरौलाको स्वर तथा संगीतमा नयाँ गीत ‘कहिले दिन कहिले रात’ सार्वजनिक भएको छ ।

सर्जक गीता बजगाईंको शब्दमा निरौलाले स्वर र संगीत दिएका हुन् ।

गीतको म्युजिक भिडियो पनि बनाइएको छ । गोदावरीमा छायांकन गरिएको भिडियोमा फरिता खड्का, करण खतिवडा र डेनी स्वयंले पनि अभिनय गरेका छन् ।

भिडियोलाई नवीन निरौलाले सम्पादन गरेका छन् भने निर्देशन गम्भीर बिष्टले गरेका हुन् ।

गीत साउण्ड डिजाइनको स्टुडियोमा रेकर्ड गरिएको निरौलाले बताए ।

त्यसमा मिक्सिङ र रेकर्डिङ भोला पौडेलले गरेका छन् भने मनोहर सुनामको एरेन्ज छ ।

निरौलाले यसअघि करिब ३०० वटा गीतमा काम गरिसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *