हाजिरीजवाफ प्रतियोगितामा डन बस्को प्रथम

विराटनगर । मोरङको हसन्दहस्थित नेपाल रेडक्रस सोसाइटी उपशाखाले आयोजना गरेको अन्तर विद्यालय हाजिरीजवाफ  प्रतियोगितामा डन बस्को स्कुलले प्रथम स्थान हासिल गरेको छ ।

चारवटा विद्यालय सहभागी भएकामा राम जानकी स्कुल द्वितीय र दुर्गा आधारभूत विद्यालय तृतीय भए ।

निबन्ध लेखनतर्फ अमरसिंह माविका ७ जना विद्यार्थी सहभागी भएकामा कञ्चन सुवेदी प्रथम भए ।

यसैगरी पवित्रा खड्का द्वितीय र गुञ्जबहादुर कार्कीले तृतीय स्थान हासिल गरे ।

उपशाखा सभापति भोलानाथ घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि वडा नम्बर ५ का अध्यक्ष चेतेन्द्र खड्काले पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रममा वडा नम्बर ६ का अध्यक्ष, अरु जनप्रतिनिधि, समाजसेवी, स्वास्थ्य स्वयंसेविका, शिक्षक तथा शिक्षिकाहरुको उपस्थिति थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *