‘नाटु नाटु’ लाई ओस्कार अवार्ड

काठमाडौं । भारतको तेलुगु फिल्म ‘आरआरआर‘ को चर्चित गीत ‘नाटु नाटु’ ले ओस्कार अवार्ड पाएको छ । ९५औं संस्करणको ओस्कर अवार्डमा गीतले ‘ओरिजिनल सङ’ को अवार्ड पाएको हो ।
एसएस राजामौली निर्देशित उक्त फिल्मको ‘नाटु नाटु’ गीतले गोल्डेन ग्लोबको ८०औं संस्करणमा बेस्ट ओरिजिनलन सङ मोसन पिक्चर’ जितेको थियो ।
जुनियर एनटीआर र रामचरणको अभिनय रहेको चलचित्रको यो गीत विश्वभर मन पराइएको थियो ।
चन्द्रबोशको शब्द रहेको तेलुगु भाषाको यस गीतको कम्पोज एमएम किरवणीले गरेका हुन् । गीतमा राहुल सिपलीगन्ज र काल भैरवले स्वर दिएका छन् ।
गीतको छायांकन रुसी आक्रमणको केहीअघि सन् २०२१ अगस्टमा युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्की निवास मरिन्स्की दरबारमा गरिएको थियो ।
प्रतिक्रिया