जीवन विज्ञानद्वारा पृतनाका सेनालाई तनाव व्यवस्थापन प्रशिक्षण

सुनसरी । नेपाली सेनाका जवानदेखि उच्च ओहोदाका अधिकृतसम्मले तनाव व्यवस्थापनसम्बन्धी प्रशिक्षण लिएका छन् ।

सुनसरीको इटहरीस्थित पूर्वी पृतना मुख्यालयमा जीवन विज्ञान संस्थाका प्रशिक्षक गुरुहरुले तनाव व्यवस्थापनबारे प्रशिक्षण दिएका थिए ।

जीवन विकास विशेषज्ञ गुरुदेव एलबी भानु शर्माले महाभारतको एउटा विम्वद्वारा आफ्नो व्यक्तित्व विकास गर्दै सुख, शान्ति र समृद्धिले भरिएको समाज निर्माणका लागि मानिसको मेरुदण्डका विभिन्न भागहरुमा लुकेर रहेका शक्ति केन्द्रहरुको पहिचान गर्न सके स्वास्थ्य, खुसी, साहस, भावना, सहकार्य, नेतृत्व एवं ध्यानको क्षमताको विकास हुने बताएका थिए ।

उनले त्यस अवसरमा ऊर्जा–ध्यानको प्रयोग पनि गराएका थिए ।

पृतनापति उपरथि डा. आशबहादुर तामाङले छोटो समयको ध्यानको प्रयोगले जीवनमा रहेका कैयन् तनावहरुको व्यवस्थापन भएको भन्दै सुरक्षा निकायमा योग तथा ध्यानको आवश्यकता महसुस गर्दै आगामी दिनहरुमा जीवन विज्ञानसँग सहकार्य गर्ने बताएका थिए ।

पृतनापति तामाङ, सशस्त्र प्रहरीका नायब महानिरीक्षक अन्जनीकुमार पोखरेल, नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवाली, प्रमुख सेनानी तथा सेनानीलगायत अन्य सैन्य क्षेत्रका व्यक्तिहरुको सहभागिता थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *