निष्ठुरी तिमी

माया मार्यौ किन यसरी
निष्ठुरी त पक्कै हैनौ तिमी
मायाको भोको यो मनुवालाई
किन तड्पाउँछौ यसरी
मुटु चल्छ, तर सास फेर्न गाह्रो छ
धड्कन नि निस्ताइसके अब
आँशु सारा सुकिसके
केवल रगत मात्र बाँकी छ
मागेको त एक अंश मात्र हो
तिम्रो मायाको भवसागरबाट
मुटु नि चल्न छाड्छ चाँडै अब
नपछुताउनु मेरो लाशमा आइ
तिम्रो आँशुको भार लाग्ला मलाई
पिरोल्छ तिम्रो मायाले झन् मलाई
विराटनगर-८
प्रतिक्रिया