उपराष्ट्रपतिका लागि चारजना उम्मेदवार

काठमाडौं । उपराष्ट्रपति बन्नका लागि चारजनाको उम्मेदवारी परेको छ । सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी, नेपालबाट २ जनाले उम्मेदवारी दिएका छन् भने जनमत पार्टीबाट १ जनाको उम्मेदवारी परेको छ ।
जसपाबाट जसपा संसदीय दलका नेता रामसहायप्रसाद यादव र प्रमिलाकुमारी यादवको उम्मेदवारी दर्ता भएको छ ।
प्रमिलाकुमारी यादवको प्रस्तावकमा रञ्जु झा, मृगेन्द्रकुमार सिंह यादव, नवलकिशोर शाह, दीपक कार्की, राजकिशोर यादव छन् । समर्थकमा अनिता देवकोटा, विमला सुवेदी, सीता गुरूङ, जयन्ती राई, मनिष सुमन छन् ।
जसपाका यादवको प्रस्तावकमा जसपा नेता अशोककुमार राई, प्रदीप यादव, किशान श्रेष्ठ, शक्ति बस्नेत, रमेशजंग रायमाझी छन् । समर्थकमा रेखा यादव, अम्बिका काफ्ले, प्रकाश ज्वाला, खिमलाल देवकोटा, भानुभक्त जोशी छन् ।
१० दलीय गठबन्धनबाटै जनमत पार्टीकी नेता ममता झाले पनि उपराष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गराएकी छन् ।
झाको प्रस्तावकमा अब्दुल खान, अनिता देवी, गंगाराम चौधरी, अविराम शर्मा, रुपाकुमारी यादव छन् । समर्थकमा गोमालाम सापकोटा, विनिताकुमारी सिंह, वसन्तकुमार कुशवाह, रामप्रकाश चौधरी, रानीकुमारी तिवारी छन् ।
नेकपा एमालेबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराएकी छन् । उनको प्रस्तावकमा अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, छविलाल विश्वकर्मा, गोकर्ण बिष्ट, रघुवीर महासेठ छन् ।
शाक्यको समर्थकमा कृष्णगोपाल श्रेष्ठ, महेश बर्तौला, तुलसा दाहाल, भगवती न्यौपाने, यशोदा रिजाल छन् ।
निर्वाचन आयोगले शनिबारका लागि उपराष्ट्रपतिको मनोनयन पत्र दर्ता गर्ने समय बिहान ९ बजेदेखि २ बजेसम्मलाई मनोनयन दर्ताको समय तोकेको थियो ।
आइतबार उम्मेदवारको नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ । उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते हुनेछ ।