बैजनाथपुरमा जमरकटेल प्रतिष्ठानको सामुदायिक भवन बनाइने

विराटनगर । जमरकटेल वंश एकता प्रतिष्ठानले विराटनगर-१९, बैजनाथपुरमा सामुदायिक भवन बनाउने भएको छ । करिब दुई करोडको लागतमा सामुदायिक भवन बनाइने भएको हो ।

भवन निर्माण गर्ने स्थानमा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले शिलान्यास गरेका छन् । भवन निर्माणका लागि महानगरले पाँच लाख रुपैयाँ प्रदान गरेको प्रतिष्ठानले जनाएको छ ।

कार्यक्रममा जमरकटेल वंश एकता प्रतिष्ठानका अध्यक्ष कुमारमणि जमरकटेल, उपाध्यक्षद्वय कृष्णप्रसाद जमरकटेल, थिरप्रसाद जमरकटेल र महासचिव उदयप्रसाद जमरकटेलले बन्धुहरु एकतावद्ध भएर सामुदायिक भवन निर्माणमा जुटेको भन्दै सहयोग गर्न सबैमा आग्रह गरे ।

जमरकटेल बंश एकता प्रतिष्ठानका सल्लाहकार एवं व्यवसायी राजु जमरकटेलले प्रतिष्ठानका लागि केही बर्षअघि बैजनाथपुरमा दुई कठ्ठा जग्गा प्रदान गरेका थिए ।

सोही जग्गामा सामुदायिक भवन बनाउन लागिएको जमरकटेल बंश एकता प्रतिष्ठानका सचिव रविन कटेलले जानकारी दिए । उनका अनुसार भवनमा विभिन्न कार्यक्रम गर्न मिल्ने करिब तीन सयजना अट्ने सुविधायुक्त सभाहल बनाइनेछ ।

दुई कठ्ठा क्षेत्रफलमा बन्ने सामुदायिक भवनमा तल्लो तला सभाहल हुनेछ भने दोस्रो तलालाई प्रतिष्ठानको प्रशासनिक काममा प्रयोग गरिनेछ । पर्याप्त पार्किङ क्षेत्रको व्यवस्था पनि मिलाइने जनाइएको छ ।

प्रतिष्ठानका अनुसार कोशी प्रदेशमा करिब २० हजारको संख्यामा जमरकटेलहरु छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *