नेपालमा कोरोना संक्रमणको अवस्था केही दिनयता शून्य

काठमाडौँ । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या शून्यमा झरेको छ ।

केही दिनअघि दुई चारजनामा संक्रमण देखिंदै आएकामा केही दिनयता भने कसैमा संक्रमण पुष्टि भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गर्दै आएको पाँच दिनयताको तथ्यांकमा कोही पनि नयाँ संक्रमित थपिएका छैनन् ।

मन्त्रालयका अनुसार फागुन १९ गतेयता नयाँ संक्रमित थपिएका छैनन् । पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या पनि शून्य रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो तथ्यांकअनुसार देशभर सक्रिय संक्रमितको संख्या पाँच थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *