जीवन विज्ञानको जागरण कार्यक्रममा उत्साहजनक सहभागिता

सुनसरी । जीवन विज्ञान प्रतिष्ठानले आयोजना गरेको आध्यात्मिक जागरण कार्यक्रममा उल्लेख्य संख्यामा सहभागिता भएको छ । व्यक्तिभित्र रहेको प्रतिभा प्रस्फुटन गर्दै आनन्द दिलाउने ध्येयले इटहरीमा आयोजना गरेको प्रदेशस्तरीय कार्यक्रममा उत्साहजनक सहभागिता भयो ।

‘पूर्वाञ्चल जागरण’ नाम दिइएको कार्यक्रममा धार्मिक जागरणका अगुवा जीवन विज्ञान प्रतिष्ठानका प्रशिक्षक एलपी भानु शर्माले मानिस खुला किताब भएको भन्दै आफ्नो पूर्ण क्षमता जागरण भएपछि मात्र जीवनमा पूर्णता आउने दाबी गरे ।

जीवन विज्ञानले वैज्ञानिक एवं आध्यात्मिक विधिद्वारा व्यक्तिमा परिवर्तन गर्न सहजीकरण गर्ने उल्लेख गर्दै व्यक्तिमा परिवर्तन आएमात्र समाज र देश समृद्ध बन्ने शर्माको भनाइ थियो ।

आध्यात्मिक जागरणका अभियन्ता एवं जीवन विज्ञान प्रतिष्ठानका प्रशिक्षक रमेश नेपालले शारीरिक र मानसिक दुवै ढङ्गले मानिस स्वास्थ्य भएर जीवन जिउन सकेमा मात्र आनन्द प्राप्ति हुने हुँदा नागरिकहरूमा सोही अनुसारको सचेतना फैलाउन पूर्वबाट अभियान थालिएको बताए ।

कार्यक्रममा प्रख्यात कलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको पनि सहभागिता थियो ।

श्रेष्ठले आध्यात्मिक जीवनको महत्वपूर्ण योग्यता भएकाले आध्यात्मिकता नहुँदा मानिस राक्षस हुने बताए ।

आचार्यले राजनीतिक दलका नेताले जीवन विज्ञानको अनुसरण गरे देशमा सुधार आउने आशा व्यक्त गरे ।

मानिसमा हुने तनाव, चिन्ता, निरासा र अस्तव्यस्त अवस्थालाई व्यवस्थापन गर्न एवं सकारात्मकम सन्देश प्रवाह गर्न जागरण उत्सव गरिएको हो ।

जीवन विज्ञान प्रतिष्ठान कोशी प्रदेशले आयोजना गरेको जागरण उत्सवमा नेपालसहित ५५ देशका प्रतिनिधि सहभागी थिए ।

जागरण कार्यक्रमपछि एक सातासम्म जीवन विज्ञान प्रतिष्ठानले ‘चक्र विज्ञान’ शिविर कार्यक्रम जारी छ ।

ध्यान, योग जस्ता विधिबाट मन शान्त बनाएर ऊर्जाशील बनाउन शिविर सञ्चालन गरिएको प्रतिष्ठानकी कोशी प्रदेश संयोजक बालिका खड्का भट्टराईको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *