नयाँ वर्षको पहिलो दिन ५ नेपाली चलचित्र एकसाथ

काठमाडौं । २०८० वैशाख १ गते पाँचवटा नेपाली चलचित्र रिलिज हुने भएका छन् । यसअघि चारवटा चलचित्र रिलिज हुने टुंगो लागेको थियो । अर्को पनि थपिएर एकसाथ पाँचवटा दर्शकमाझ आउने भएका हुन् ।

‘नाईं नभन्नू ल–६’ ले पनि रिलिज मिति वैशाख १ गतेका लागि पाएको छ । योसहित ‘जारी’, ‘बिहे पास’, ‘बुलाकी’ र ‘प्रसाद–२’ रिलिज हुने भएका हुन् ।

‘नाईं नभन्नू ल–६’ मा आशीर्वाद क्षेत्री र आँचल शर्मा मुख्य भूमिकामा छन् । ‘जारी’ र ‘बिहे पास’ दयाहाङ राईलगायत कलाकारको अभिनय देख्न पाइनेछ ।

यस्तै, ‘बुलाकी’ मा सुरक्षा पन्त मुख्य भूमिकामा छिन् । ‘प्रसाद–२’ मा विपीन कार्की र केकी अधिकारी प्रमुख पात्र छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *