फागु पूर्णिमा : पहाडी क्षेत्रमा मनाइँदै होली

काठमाडौं । फागु पूर्णिमा आज सोमबार पहाडी जिल्ला तथा उपत्यकामा उल्लासपूर्वक मनाइँदैछ । भोलि सोमबार तराईका जिल्लामा यो पर्व मनाइन्छ ।

असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने चलन छ ।

एकआपसमा विभिन्न रङ्ग तथा अबीर लगाएर नाच्ने, गाउने चलन पनि छ ।

फागु पूर्णिमाको अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीका साथै राजनीतिक दलका शीर्ष नेताहरूले शुभकामना दिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले फागु पूर्णिमा अवसरमा शुभकामना दिँदै पर्वले विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवं कुरीतिहरुलाई निर्मूल गर्दै मौलिक संस्कृतिहरूको संरक्षण र संवर्द्धन गर्न प्रेरणा प्रदान गर्ने बताएकी छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले देशभित्र प्रत्येक जातजाति र धर्मावलम्बीहरुका आआफ्नै सांस्कृतिक महत्व बोकेका मौलिक परम्परा र पर्व रहेको भन्दै यस्ता मौलिक परम्परा, संस्कृति र पर्वहरुले सामाजिक सद्भाव, एकता र सहकार्यको आधारशिला खडा गर्नाका साथै राष्ट्रिय एकता र स्वाधीनताको प्रतिनिधित्व गर्ने उल्लेख गरेका छन् ।

तस्बिरः पिक्स्बे


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *