बिहानै भूकम्प, काभ्रेको नमोबुद्धनजिक केन्द्र

काठमाडौं । काभ्रेपलाञ्चोकको नमोबुद्ध नजिक केन्द्र भएर आइतबार बिहान भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ८ बजेर ३ मिनेट जाँदा ४.३ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको धक्का काभ्रेको साथै काठमाडौंसहित आसपासका जिल्लामा महसुस भएको छ ।
गत फागुन १७ गते ताप्लेजुङ केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।
प्रतिक्रिया