…तर कोही मानेनन्

मैले देश बनाऔँ भनेँ कसैले सुनेनन्
आमालाई हसाऔं भने कोही मानेनन्
अब एक्लै भए’नि अगाडि बढ्छु बनाउँछु
मेरो देश नेपाललाई मेरो मातृभूमिलाई
छातीभरि माया मुटुभरि माया
यताउता जता जाउँ देख्छु तिम्रै छायाँ
मैले देश बनाऔँ भनें कसैले सुनेनन्
आमालाई हँसाऔं भने कोही मानेनन्
आँखाहरू धेरै छन् तर एउटै आँखा भए पुग्छ यहाँ
हातहरु धेरै भए’नि एउटै हात भए थेग्छ यहाँ
मैले देश बनाऔँ भनें कसैले सुनेनन्
आमालाई हँसाऔँ भनें कोही मानेनन्
अब एक्लै भए’नि अगाडि बढ्छु
बनाउँछु मेरो देश नेपाललाई
मेरो मातृभूमिलाई ।
प्रतिक्रिया