हसन्दह रेडक्रसको कार्यक्रममा ५१ जनाले गरे रक्तदान

मोरङ । नेपाल रेडक्रस सोसाइटी पथरी शनिश्चरे नगरपालिका वडा ५, हसन्दह उपशाखाले शुक्रबार आयोजना गरेको कार्यक्रममा ५१ जनाले रक्तदान गरेका छन् ।
रेडक्रस उपशाखा सभापति भोलानाथ घिमिरेको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथिका रुपमा वडा न ५ का वडाअध्यक्ष चेतेन्द्र खड्काको सहभागिता थियो ।
वडा न ५ र ६ का जनप्रतिनिधि समाजसेवी तथा रक्तदाताहरुको उपस्थितिमा ५१ प्रिन्ट रगत संकलन भएको आयोजकले जनाएको छ ।
रक्तदान कार्यक्रम सफल बनाउन सफल पार्ने सबैप्रति संस्थाले आभार व्यक्त गरेको छ ।
कार्यक्रममा उक्त नगरपालिकाको ५ र ६ का रेडक्रसकर्मीका साथै अन्य सामाजिक कार्यकर्ताले सहयोग गरेका थिए ।
रेडक्रस उपशाखा हसन्दहले विभिन्न अवसरहरुका सामाजिक काम गर्दै आएको छ ।
प्रतिक्रिया