इन्धनः भारतबाट घटेर आयो नेपालमा उस्तै

काठमाडौं । भारतबाट इन्धनको मूल्य घटेर आए पनि नेपालमा साबिक मूल्य कायम छ । इन्डियन आयल कर्पोरेसन लिमिटेड (आईओसी) बाट इन्धनको मूल्य घटेर आएको छ ।

नेपाल आयल निगमका अनुसार आईओसीबाटबुधबार प्राप्त नयाँ मूल्य सूचीअनुसार पेट्रोलमा १.२१, डिजेलमा ५.५ मट्टितेलमा ३.४ र हवाई इन्धनमा ७.३ रुपैयाँ घटेर आएको हो ।

खाना पकाउने एलपी ग्यासमा भने प्रतिसिलिन्डर ३३९ रुपैयाँ ६ पैसा बढेर आएको छ । निगमका अनुसार आईओसीबाट ग्यासको मूल्य बढेर आएपछि निगमलाई प्रतिसिलिन्डर ६३५ रुपैयाँ ५० पैसा घाटामा भए पनि हाललाई सबै पेट्रोलियम पदार्थको मूल्य यथावत राखिएको छ ।

निगमलाई आईओसीबाट बुधबार प्राप्त नयाँ मूल्यसूचीअनुसार केही नाफा रहेको विज्ञप्तिमार्फत जनाइएको छ ।

निगमले आईओसीलाई अझै करिब १६ अर्ब रुपैयाँ तिर्न बक्यौता रहेकाले तत्काललाई इन्धनको मूल्य घटेर आए पनि नेपालमा मूल्य समायोजन नगरिएको जनाएको छ ।

‘हाल अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थको मूल्य केही घट्ने क्रममा रहेको तथा एलपी ग्यासको मूल्य उच्च दरले बढेको अवस्थामा पेट्रोलियम पदार्थको आपूर्ति सुचारु राख्न र इन्डियन आयल कर्पोरेसन लिमिटेडको बक्यौता एवं नेपाल सरकारद्वारा उपलब्ध गराइएको ऋणको व्यवस्थापन गर्न निगमलाई अझै चुनौतीपूर्ण अवस्था रहेको छ,’ निगमले विज्ञप्तिमा निगमले भनेको छ, ‘आमउपभोक्ताको हितलाई मध्यनजर गरी हाललाई पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राखिएको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *