सरस्वती र बुढानीलकण्ठ सेमिफानलमा प्रवेश

विराटनगर । सरस्वती स्कूल र बुढानिलकण्ठ स्कूल अन्तर स्कूल हव लिग क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

मंगलबार भएको पहिलो खेलमा सत्यनारायण स्कूलले मनकामना स्कूललाई ४ विकेटले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । सरस्वती समुह ‘बी’ को तीनै खेल जित्दै सेमिफाइनलमा प्रवेश गरेको हो । मनकामना प्रतियोगिताबाट बाहिरिएको छ ।

टस जितेर ब्याटिङ गरेको मनकामनाले निर्धारित २५ ओभरको खेलमा १७ दशमलव ३ बलमा सवै विकेट गुमाई ७२ रनको झिनो स्कोर खडा गरेको थियो । मनिष भगतले २० रन बनाउँदा अंकित मल्लीकले ११ रन बनाएका थिए ।

सरस्वतीका म्यान अफ द म्याच सुमन यादवले ५ ओभरमा १ मेडन राख्दै १८ रन दिएर ५ विकेट लिँदा शिवनन्दन यादव र रोहन मण्डलले समान २–२ विकेट लिए ।

७३ रनको झिनो लक्ष्य पाएको सरस्वतीले १५ दशमलव ४ बलमा ६ विकेट गुमाउँदै लक्ष्य पार गरेको थियो । जस्मा रोहन मण्डलले अविजित १२ रन जोड्दा सुमन यादवले ११ रनमा अविजित भए । मनकामनाका राजा मण्डलले ३ विकेट दिए ।

मंगलबारै भएको समुह ‘ए’ कोे खेलमा बुढानीलकण्ठ स्कलले बाल्मीकि स्कूललाई ४ विकेटले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । बुढानिलकण्ठ ३ खेलमा २ मा जित र १ मा पराजित भई समुह उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको हो ।

बाल्मीकिले १ खेलमा जित र २ मा पराजित हुँदै प्रतियोगिताबाट बाहिरेको छ । टस जितेर ब्याटिङ गरेको बाल्मिकीले निर्धारित २५ ओभरको खेलमा १३ दशमलव १ बलमा सवै विकेट गुमाई ६७ रनको स्कोर खडा गरेको थियो । सरोज साहले सर्वाधिक १० रन बनाए । बुढानीलकण्ठका इसान अलीले ४ विकेट र जीवन ढकालले ३ विकेट लिए ।

६८ रनको विजयी लक्ष्य पछ्याएको बुढानीलकण्ठले १६ दशमलव ५ बलमा ६ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । म्यान अफ द म्याच बुडानीलकण्ठका अर्नभ भट्टराईले अविजित ३८ रनको योगदान दिए । बाल्मीकिका कृष्ण साहले सर्वाधिक ३ विकेट लिए ।

लिगकम नकआउटको आधारमा खेलाइने प्रतियोगितामा विराटनगरमा ८ वटा निजी तथा सामुदायिक स्कूल सहभागी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *