आईसीसी यु-१९ विश्वकप छनोटः नेपाल र मलेसिया भिड्दै

काठमाडौं । नेपालले आईसीसी यु-१९ विश्वकप एसियाली क्षेत्रको छनोटमा आज मंगलबार मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।

यूएईस्थित मलेक क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान पौने ११ बजे सुरु हुनेछ ।

उत्कृष्ट प्रदर्शन गरिरहेको नेपाल लगातार चौथो जित हात पार्दै विश्वकप छनोटको सम्भावना बलियो बनाउने लक्ष्यमा छ । नेपालले यसअघि सिंगापुर, कुवेत र हङकङमाथि सहज जित निकालेको थियो ।

मलेसिया आफ्ना तीन खेलमा एकमा मात्र विजयी भएको थियो । नेपाल तीन खेलबाट ६ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ ।

समान खेलबाट ६ अंक बटुलेको यूएई शीर्ष स्थानमा छ । यूएईले नेपाललाई रन रेटमा पछि पारेको हो ।

६ राष्ट्र सम्मिलत छनोट खेलको शीर्ष स्थानमा रहने टिमले सन् २०२४ मा श्रीलंकामा हुने विश्वकप खेल्ने अवसर पाउनेछ।

यूएईले आज कुवेतसँग खेल्दैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *