प्याब्सन मोरङको अध्यक्षमा सुवाल

विराटनगर । निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङको अध्यक्षमा प्रेम सुवाल चयन भएका छन् । वरिष्ठ उपाध्यक्ष रहेका सुवाल सोमबार अध्यक्षमा चयन भएका हुन् ।

नवनियुक्त अध्यक्ष सुवालले सोमबार प्याब्सन मोरङको कार्यालयमा पद तथा गोपनीयताको सपथ ग्रहण प्यब्सनका केन्द्रीय उपाध्यक्ष राजेशकुमार दासले गराएका थिए ।

२०७८ पुस ४ गते विराटनगरमा सम्पन्न भएको प्याब्सन मोरङको १५ औं जिल्ला अधिवेशनबाट सीतला सुब्बा अध्यक्षमा निर्विरोध निर्वाचित भएकी थिइन् ।

त्यसबेला सुब्बा र सुवालबीच आधा आधा कार्यकाल अध्यक्षको नेतृत्व गर्ने भद्र सहमति भएको थियो । सोही सहमति अनुसार सुवाल अध्यक्षमा चयन भएका हुन् । सुवालको कार्यकाल ढेड वर्ष रहनेछ ।

सुवाल प्याब्सन मोरङको विभिन्न पदहरुमा रहेर काम गरेका उनीसँग अनुभव छ ।
अध्यक्षमा चयन भएका सुवाल विराटनगरस्थित ग्रेडेड स्कुलका प्रिन्सिपल हुन् । नवनियुक्त अध्यक्ष सुवालले निजी विद्यालयको हकहितमा लागि पर्ने बताए ।

निजी विद्यालयहरूको संस्थागत विकास र हकहितमा सधै क्रियाशिल भएर लागि पर्ने उनको भनाई छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *