उत्कृष्ट प्रदर्शन गर्दै सत्यनारायण र पोखरिया स्कूल विजयी

विराटनगर । विराटनगरमा जारी अन्तर स्कूल हब लिग क्रिकेट प्रतियोगितामा सत्यनारायण र पोखरिया स्कूल विजयी भएका छन् ।

पहिलो खेलमा सत्यनारायण स्कूल विनायक स्कूललाई १ सय ६२ रनको विशाल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । सत्यनारायणले समुह ‘ए’ को तीनै खेल जित्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

विनायक स्कुल भने तीनमा २ मा हार र एकमा जित हात पारेपछि प्रतियोगिताबाट बाहिरिएको छ । । टस जितेर ब्याटिङ गरेको सत्यनारायणले निर्धारित २५ ओभरमा ९ विकेट गुमाई २ सय १६ रनको विहाल स्कोर खडा गरेको थियो ।

साइमन कामतले ४३ रन बनाउँदा दिपक यादवले ३५ रन र सोनु सिंहले ३० रन बनाएका थिए । विनायकका रेहान अलीले ३ विकेट लिँदा प्रवेश पासवान र शिभम पासवाले समान २–२ विकेट लिए ।

२ सय १७ रनको विशाल लक्ष्य पाएको विनायकले १४ दशमलव १ बलमै सबै विकेट गुमाउँदै ५४ रनमा सीमित भयो । जस्मा प्रल्लाद यादवले १२ रन जोड्दा कृष साहले पनि १२ रन जोडे । सत्यनारायणका म्यान अफ द म्याच राजा मण्डलले ३ दशमलव १ बलमा किफायती बलिङ गर्दै ७ रन दिएर ५ विकेट दिए । त्यस्तै अमर यादवले २ विकेट लिए ।

सोमबारै भएको समुह ‘बी’ कोे खेलमा पोखरियाले राइजिङ नेपाल स्कूललाई ९० रनले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरियाले दुई खेलमा २ मा जित र १ मा पराजित भएको छ भने राइजिङ १ मा जित र २ मा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

टस जितेर ब्याटिङ गरेको पोखरियाले निर्धारित २५ ओभरमा ८ विकेट गुमाई १ सय ४४ रनको स्कोर खडा गरेको थियो । कृष्ण देवले ३३ बलमा आक्रामक ब्याटिङ गर्दै ४ छक्का र ७ चौका प्रहार गर्दै ६५ रन बनाउँदा अविशेक यादवले २३ रन बनाए । राइजिङका महमद साहिल, राहुल राँय र महमद जावेदले २–२ विकेट दिए ।

१ सय ४५ रनको विजयी लक्ष्य पछ्याएको राइजिङ १४ दशमलव १ बलमा सवै विकेट गुमाई ५४ रनमा सीमित भयो । महमद शम्शेरले २६ रन जोड्दा बायन अलीले १४ रन जोडे । पोखरीयाका म्यान अफ द म्याच विशाल यादवले ४ ओभरमा १७ रन दिएर ६ विकेट लिँदा प्रेम मण्डलले २ विकेट लिए ।

लिगकम नकआउटको आधारमा खेलाइने प्रतियोगितामा विराटनगरमा ८ वटा निजी तथा सामुदायिक स्कूल सहभागी रहेको आयोजक नेपाल क्रिकेट फाउण्डेसनका अध्यक्ष अविशेक श्रेष्ठले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *