सरकारबाट बाहिरिने एमालेको निर्णय, समर्थन पनि फिर्ता लिने

काठमाडौं । नेकपा एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको छ । ललितपुरस्थित पार्टी कार्यालयमा आज सोमबार बसेको सचिवालय बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणा पनि एमालेले गरेको छ ।

एमाले उपाध्यक्ष विष्णु पौडेलका अनुसार राष्ट्रपतिमा सहमति नभए पनि सरकारमा रहने सोच भए पनि पछिल्ला घटनाक्रमले गर्दा सरकारमा रहन नसक्ने अवस्था बनेको हो ।

पुस १० गते भएको सहमति प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पालना नगरेको साथै एमालेलाई सरकारबाट बाहिरिन दबाब दिएको उनले बताए ।

प्रधानमन्त्री दाहालले एमाले सरकारबाट नबाहिरिए मन्त्रीहरूलाई बर्खास्त गर्ने वा बिना विभागीय मन्त्री बनाउने चेतावनी दिएको उपाध्यक्ष पौडेलले दाबी गरे ।

परराष्ट्रमन्त्री विमला राई पौड्यालको आइतबार हुनुपर्ने जेनेभा भ्रमण प्रधानमन्त्री पुष्पकमल दाहालले रोकेपछि एमाले आक्रोसित बनेको हो ।

परराष्ट्र मन्त्री पौड्यालको जेनेभा भ्रमण रोक्ने प्रधानमन्त्री दाहालको प्रयासले राष्ट्रको इज्जतमाथि नै प्रतिकूल असर पारेको पौडेलले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *