म्यानचेस्टर युनाइटेडले जित्यो काराबाओ कपको उपाधि

काठमाडौं । म्यानचेस्टर युनाइटेडले काराबाओ कप फुटबलको उपाधि जितेको छ । युनाइटेडले ६ वर्षपछि पहिलो उपाधि जितेको हो ।

सन् २०१७ पछि पहिलो उपाधि जितेको ‘बीबीसी’ले जनाएको छ । वेम्बलीमा आइतबार राति न्युकासल युनाइटेडलाई २–० गोल अन्तरले हराउँदै युनाइटेडले उपाधि जितेको हो ।

युनाइटेडका लागि खेलको ३३औँ मिनेटमा कासिमिरोले गोल गरेका थिए । खेलको ३९औँ मिनेटमा मार्कस रास्फोर्डले गोल गरे ।

म्यानचेस्टर युनाइटेडले एरिक टेन हानको नेतृत्वमा सन् २०१७ पछि पहिलो पटक उपाधि जितेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *