इलाम उवासंघमा युवा पुस्ताको नेतृत्व

इलाम । उद्योगी-व्यवसायीको प्रतिनिधिमूलक संस्था इलाम उद्योग वाणिज्य संघको नयाँ समितिको पदाधिकारीमा युवा समूह निर्वाचित भएको छ ।

संघको १६औँ वार्षिक साधारण सभा तथा ९औँ अधिवेशनबाट अध्यक्षमा कृष्ण पौडेल निर्वाचित भएका छन् । मतगणना परिणामअनुसार निवर्तमान अध्यक्ष इश्वर चिपालुलाई १५६ मतले पछि पार्दै पौडेल अध्यक्ष बनेका हुन् ।

पौडेलले ३६४ मत प्राप्त गरे भने चिपालुले २०८ प्राप्त गरेका थिए ।

वरिष्ठ उपाध्यक्षमा दिपेश श्रेष्ठ निर्वाचित भएका छन् । उनी प्रवीण श्रेष्ठलाई २६१ मतले पछि पार्दै निर्वाचित भएका हुन् । दिपेशले ४०८ मत प्राप्त गरे भने प्रवीणले १४७ पाएका थिए ।

उद्योग उपाध्यक्षतर्फ श्रीबहादुर विष्ट ३०४ मतसहित विजयी भएका छन् । प्रतिस्पर्धी प्रेम सापकोटाले २४७ ल्याएका थिए ।

वाणिज्य उपाध्यक्षमा बालकुमार श्रेष्ठ निर्वाचित भएका छन् । देवी पौडेल र उनले समान १९४ मत पाएका थिए । गोलाप्रथाबाट श्रेष्ठ विजयी भएका हुन् । त्यही पदमा उम्मेदवार रहेकी अनुजा सुवेदीले १६२ मत प्राप्त गरिन् ।

महिला उपाध्यक्षमा दिव्या भट्टराई २७५ मत प्राप्त गर्दै निर्वाचित भइन् । उनकी प्रतिस्पर्धी खिना बस्नेतले २७० मत प्राप्त गरिन् ।

सचिवमा सुमन दास २६७ मत प्राप्त गर्दै विजयी भए भने प्रतिस्पर्धी रामचन्द्र नेपालले १७९ मत र नेत्र पोखरेलले १०९ मत प्राप्त गरे ।

महासचिव पदमा हेमन्त गौतम र कोषाध्यक्षमा पदमा सन्तोष भक्तराज निर्विरोध निर्वाचित भएका थिए । खुल्ला सदस्य पदमा समेत धर्मेन्द्र सुवेदी, हिमाल बस्नेत, नितेस खत्री, दिपेश खत्री र दिनेश महत निर्विरोध भए ।

यसैगरी महिला सदस्यहरुमा भगवतीदेवी पराजुली कोइराला (मञ्जु), लीलादेवी मैनाली र शारदा उप्रेती चयन भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *