मनकामना र बुुढानीलकण्ठ स्कूल विजयी

विराटनगर । विराटनगरमा जारी अन्तर स्कुल हव लिग क्रिकेट प्रतियोगितामा मनकामना स्कूल र बुुढानीलकण्ठ स्कूल विजयी भएका छन् ।

पहिलो खेलमा मनकामनाले पोखरिया स्कूललाई २५ रनले पराजित गर्दै सेमिफाइनल पुग्ने सम्भावना कायमै राखेको छ । मनकामनाले २ खेलमा एक खेलमा जित र एक खेलमा पराजित भएको छ भने पोखरियाले पनि २ खेलमा एक खेलमा जित र एक खेलमा पराजित भएको छ ।

टस जितेर ब्याटिङ गरेको मनकामनाले निर्धारित २५ ओभरको खेलमा २२ दशमलव १ बलमा सवै विकेट गुमाई १ सय २४ रनमा सिमित भयो । जस्मा अमन अन्सारीले ४६ रनको पारी खेल्दा प्रनिस भगतले ३८ रनको पारी खेले । पोखरीयाका सुदिप ठाकुरले ३ विकेट लिँदा रुद्र प्रताप साह र प्रेम मण्डलले समान २–२ विकेट लिए ।

१ सय २५ रनको लक्ष्य पाएको पोखरीयाले २२ दशमलव १ बलमै सवै विकेट गुमाउँदै ९९ रन बनायो । जस्मा रुद्र्र प्रताप साहले १७ रन जोड्दा राहुल महतोले १५ रन जोडे ।

सरस्वतीका म्यान अफ द म्याच राजा मण्डलले ४ दशमलव १ बलमा १६ रन दिएर ५ विकेट दिए । त्यस्तै लक्ष्मण तत्मा र पियुस गुप्ताले २–२ विकेट लिए ।

आइतबारै भएको दोस्रो खेलमा बुुढानीलकण्ठ स्कूलले विनायक स्कूललाई २ विकेटले पराजित गरेको छ । बुुढानीलकण्ठ ले दुई खेलमा १ मा जित र एकमा पराजित भएको छ भने विनायक पनि दुई खेलमा १ मा जित र एकमा पराजित भएको छ ।

टस जितेर ब्याटिङ गरेको विनायकले निर्धारित २५ ओभरको खेलमा १७ दशमलव ५ बलमा सवै विकेट गुमाई ९४ रनको सामान्य योगफल बनायो । विपन लिम्बुले २१ रन बनाउँदा बबयुस राजपालले १५ रनबनाए । बुुढानीलकण्ठ का म्यान अफ द म्याच रुपेश यादवले ३ विकेट लिँदा जिवन ढकालले २ विकेट दिए ।

९५ रनको सामान्य लक्ष्य पछ्याएको बुुढानीलकण्ठ ले १९ ओभरमा ८ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको छ । आर्यन मण्डलले २२ रन जोड्दा अमित साहले १६ रन जोडे । विनायकका रेहान अलीले ३ विकेट लिँदा क्रिस साह र अमन पोद्धारले २–२ विकेट लिए ।

नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा विराटनगर–६ केशलिया पुल नजिक रहेको मेल्वन विराटनगर ज्वाला क्रिकेट मैदानमा प्रतियोगिता भइरहेको हो ।

लिगकम नकआउटको आधारमा खेलाइने प्रतियोगितामा विराटनगरमा ८ वटा निजी तथा सामुदायिक स्कूल सहभागी रहेको फाउण्डेसनका अध्यक्ष अविशेक श्रेष्ठले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *