बिरामीको सहयोगका लागि ६० जनाले गरे रक्तदान

विराटनगर । मोरङको सुन्दरहरैँचास्थित इन्द्रपुर जेसिजको आयोजना तथा इन्द्रपुर जुनियर जेसिजको सहआयोजनामा भएको कार्यक्रममा ६० जनाले रक्तदान गरेका छन् ।

आवश्यक परेका बिरामीलाई सहयोग पुगोस् भनेर हरेक वर्ष इन्द्रपुर जेसिजले यस्तो कार्यक्रम आयोजना गर्दै आएको छ ।

विभिन्न दाताहरुबाट संकलित रगत रेडक्रस सोसाइटीलाई हस्तान्तरण गरिएको छ ।

रक्तदान कार्यक्रममा संस्थाका प्रतिनिधिलगायत सयभन्दा बढीकोको सहभागिता थियो ।

कार्यक्रममा राजनीतिज्ञ, व्यवसायी, विद्यार्थी, स्थानीय सहभागी थिए ।

इन्द्रपुर जेसिजका संस्थापक अध्यक्ष कृष्णबाबु ढकालले रक्तदान गरेर कार्यक्रम शुभारम्भ गरिएको थियो ।

आपतकालीन अवस्थामा सजिलै रगत उपलब्ध होस् भनेर रगतको अभाव पूरा गर्ने उद्देश्यले कार्यक्रम गरिएको इन्द्रपुर जेसिजकी अध्यक्ष बिना आचार्य सुवेदीले जानकारी दिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *