शिविरमा २ सयभन्दा बढीले लिए स्वास्थ्य परीक्षण सेवा

विराटनगर । मोरङको सुन्दर हरैँचामा आयोजित स्वास्थ्य शिविरमा विभिन्न प्रकारका बिरामीको स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा दुई सयभन्दा बढी बिरामीले सेवा लिएका थिए ।

‘योगदान राष्ट्रका लागि’ संस्थाको सुन्दरहरैँचा नगरकर्यसमिति,
जीवन विकास पव्लिक हेल्थ केयर कटहरी, मोरङ र जीवन विकास लघुवित्त वित्तीय संस्थाको संयुक्त आयोजनामा शिविर सञ्चालन गरिएको थियो ।

स्वास्थ्य शिविरबाट दुई सयभन्दा बढी बिरामीले निःशुल्क सेवा लिएका छन् । सुकुना मावि मा आयोजित शिविरमा विशेषज्ञ चिकित्सकहरुद्वारा बिरामीको स्वास्थ्य परीक्षण गरिएको थियो ।

स्वास्थ्य शिविरमा फिजिसियन, स्त्री तथा प्रसुति सेवा, नवजात शिशु तथा बाल रोग सेवा, सर्जरी सेवा, इसीजी सेवा, सुगर तथा प्रेसर रोगीहरुको परीक्षण गरिएको थियो ।

शिविरमा डा. शिवराज शर्मा, डा. आर के मन्डल, डा. मनिष साह, डा. अन्जली रसाइली, अजयकुमार साह र ४ जना अन्य सहकर्मीको सहभागिता थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *