नेपालद्वारा २४३ रनले कुवेत पराजित

काठमाडौं । आईसीसी १९ वर्ष मुनिको विश्वकप क्रिकेट एसिया छनोटमा नेपालले कुवेतलाई २ सय ४३ रनले हराएको छ ।

प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जित हो । आज शनिबार भएको खेलमा नेपालले कुवेतलाई ३ सय ४४ रनको लक्ष्य दिएको थियो ।

कुवेत ३० ओभर ५ बलमा एक सय रनमा अलआउट भयो । कुवेतका क्रिस्टोफर सालधानाले २६ रन तथा रसिन मोहमदले १९ रन बनाए । किसोरी भाइ हिन्सु १६ रनमा आउट हुँदा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका आकाश चन्दले ६ तथा हेमन्त धामी र दिपेश कंडेलले समान २र२ विकेट लिए । त्यसअघि युएईको मलेक क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ४३ रन बनाएको थियो ।

नेपालका अर्जुन कुमाल र कप्तान देव खनालले शतक बनाएका थिए । कप्तान देव खनालले १ सय २५ रन र अर्जुन कुमालले १ सय ८ रन बनाए ।

कुवेतका हेनरी थोमस र अर्श साहिल काज्मीले समान २–२ विकेट लिए । हैबेर अली र जय महेशकुमार मेहताले एक–एक विकेट लिए ।

कुबेत पहिलो खेलमा हङकङसँग पराजित भएको थियो भने नेपालले हिजोको खेलमा सिंगापुरलाई हराएको थियो ।

प्रतियोगितामा नेपालसहित सिंगापुर, कुबेत, हङकङ, मलेसिया र आयोजक यूएई सहभागी छन् ।

राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली सन् २०२४ मा श्रीलंकामा हुने १९ वर्ष मुनिको विश्वकपका लागि छनोट हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *