सरस्वती र सत्यनारायण विजयी

विराटनगर । नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा जारी अन्तर स्कुल हब लिग क्रिकेट प्रतियोगिताअन्तर्गत शनिबार भएका खेलमा सरस्वती स्कूल र सत्यनारायण स्कूल विजयी बनेका छन् ।

पहिलो खेलमा सरस्वती राइजिङ नेपाल स्कूललाई १ रनको कठिन जित निकाल्दै सेमिफाइनल नजिक पुगेको हो । सरस्वतीले लगातार दुई खेलमा जित निकाल्दै समुह ‘बी’ को शिर्ष स्थानमा पुगेको छ ।

टस जितेर ब्याटिङ गरेको सरस्वतीले निर्धारित २२ ओभरमा ९ विकेट गुमाई १ सय ८ रन बनायो । म्यान अफ द म्याच रामनारायण यादवले २७ रन बनाउँदा शाहिद शेखले २५ रन बनाए । राइजिङका महमद जावेद र महमद साहिलले समान २–२ विकेट लिए ।

१ सय ९ रनको लक्ष्य पाएको राइजिङले २० आभेरमा सवै विकेट गुमाउँदै १ सय ७ रन बनायो । जस्मा महमद आलमले ३५ रन जोड्दा महमद सेफ अलिले १५ रन जोडे । सरस्वतीका रामनारायण यादवले २ विकेठ लिँदा रोहन मण्डल र सुमन यादवले पनि २–२ विकेट लिए ।

शुत्रबारै भएको दोस्रो खेलमा सत्यनारायण स्कूलले राइजिङ नेपाल स्कूललाई १ सय १० रनले पराजित गर्दै सेमिफाइनल नजिक पुगेको हो । सत्यनारायणले लगातार दुई खेलमा जित निकाल्दै समुह ए को शिर्ष स्थानमा पुगेको छ ।

टस जितेर ब्याटिङ गरेको सत्यनारायणले निर्धारित २५ ओभरमा ९ विकेट गुमाई १ सय ५२ रनको विशाल योगफल बनायो । जस्मा दिपक यादवले २९ रन बनाउँदा सोनु सिंह २७ रनमा अविजित रहे । बाल्मिकीका प्रकेश शर्मा र सुरेन पासवानले २–२ विकेट लिए ।

१ सय ५३ रनको विशाल लक्ष्य पछ्याएको बाल्मिकीले १२ ओभरमा सवै विकेट गुमाई ४२ रनमा सिमित भयो । बाल्मिकीका कुनै पनि खेलाडिले दोहोरो अंकलाई छुन सकेनन् । सत्यनारायणका म्यान अफ द म्याच कृष्ण यादव र अमर यादवले समान ३–३ विकेट लिए ।

लिगकम नकआउटको आधारमा खेलाइने प्रतियोगितामा ८ वटा निजी तथा सामुदायिक स्कूल सहभागी रहेको आयोजक नेपाल क्रिकेट फाउन्डेसनका अध्यक्ष अविशेक श्रेष्ठले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *