विद्युतीय सवारी साधन उत्पादन गर्न कोरियाली कम्पनीसँग सम्झौता

विराटनगर । प्रदेश १ मा विद्युतीय सवारीसाधन उत्पादन गर्न नेपाल र कोरियाका दुई कम्पनीबीच सम्झौता भएको छ । शुक्रबार कोरियामा भएको सम्झौतामा नेपालको एन के मोटर्स प्रालि र कोरियाको एसडीके कम्पनीबीच सम्झौता भएको हो ।

सम्झौता पत्रमा एन के मोटर्सका अध्यक्ष टिकाराम पुरी र कोरियाली कम्पनीका कार्यकारी अध्यक्ष डेइ की जङ्गले हस्ताक्षर गरेका छन् ।

एन के मोटर्सका प्रबन्ध निर्देशक टिआर ढकालको उपस्थितिमा भएको सम्झौताअनुसार करिब तीन अर्ब रुपैयाँको द्विपक्षीय लगानीमा कोरियन प्रविधिमा आधारित विभिन्न विद्युतीय सवारीसाधन उत्पादन गरिने छ ।

उद्योग स्थापनाका नेपालको प्रदेश १ भित्रकै उपयुक्त स्थानमा गरिने जानकारी दिँदै एनके मोटर्स प्रालिका अध्यक्ष टिकाराम पुरीले विद्यालय तथा कलेज बस र निजी तथा सार्वजनिक सवारी साधनहरु उत्पादन गर्ने बताए ।

उनका अनुसार यही मार्चमा कोरियन कम्पनीको प्रतिनिधि मण्डलको नेपाल भ्रमणका क्रममा उपयुक्त स्थानको छनौट गरिनेछ । एक वर्षभित्र नै उत्पादनहरु बजारमा पठाउने लक्ष्य राखिएको छ ।

नेपालमा विद्युतीय सवारीसाधनको माग बढ्दै गएका बेला प्रदेशभित्र नै यस्ता सवारी साधनको उत्पादन गर्नका लागि प्रयास थालिएको भन्दै पुरीले यसका लागि प्रदेश सरकारसँग पनि आवश्यक समन्वय गरिने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *