‘चिया खान बालुवाटार गएका सबै गठबन्धनका भोटर होइनन्’

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचनमा माओवादी केन्द्रले सम्झौताअनुसार एमालेको उम्मेदवारलाई भोट हाल्ने दाबी गरेका छन् ।
काठमाडौंमा शनिबार भएको पार्टी सचिवालय बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले पुस १० को सम्झौताअनुसार एमालेको उम्मेदवारलाई भोट हाल्ने बताए ।
‘पुस १० गते नै सहमति गरेका छौँ, अब अलिकति प्रचण्डजीले अप्ठ्यारो पर्यो भनिरहनुभएको छ’ ओलीले भने, ‘तर उहाँले सम्झौताअनुसार भोट हाल्नुहुन्छ भन्नेमा हामीलाई यकिन छ ।’
आठ दलीय गठबन्धनप्रति लक्षित गर्दै उनले शुक्रबार बालुवाटारमा चिया खान पुगेका जति सबैलाई आठ दलमा गन्ती गर्नु नहुने बताए ।
‘चिया खान बालुवाटार गएकाहरु सबै गठबन्धनका भोटर होइनन्’ ओलीले भने ।
प्रतिक्रिया