‘गल्फ फुड एक्स्पो’ मा नेपाली उत्पादनको स्टल

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजित खाद्य तथा पेय प्रदर्शनीमा नेपाली उद्योगीहरुले सहभागिता जनाएका छन् ।
प्रदर्शनीमा विराटनगरका तीनजना उद्योगी सहभागी भएका हुन् । नेपाली उत्पादन नुडल्सको स्टल उक्त प्रदर्शनीमा राखिएको थियो ।
‘गल्फ फुड एक्स्पो–२०२३’ एसियन थाई फुड्स, एसियन बिस्कुट एन्ड कन्फेक्सनरी र गुडलाइफ बेभरेज गरी तीन उद्योगले स्टल राखेका थिए ।
दुबईको अलमुस्ताकवाल प्लाजामा भइरहेको एक्स्पोमा एसियन थाई फुड्सले उत्पादन गरेको नेपोलीटाना पास्ता नुडल्सको फस्ट लन्च गरिएको थियो ।
युएईका लागि नेपालका राजदूत कृष्णप्रसाद ढकालले नेपालबाट प्रतिनिधित्व गरेका उद्योगीका स्टल उदघाटन गरेका थिए ।
त्यस अवसरमा एसियन थाई फुड्सले उत्पादन गरेको नौलो खाद्य सामग्री नेपोलीटाना पास्ता नुडल्सको फस्ट लन्च गरिएको हो ।
एसियन थाइ फुड्का सञ्चालक महेश जाजुका अनुसार एक सातापछि नेपालमा नापोलीटाना पास्ता नुडल्सको बजारीकरण सुरु गरिने छ ।
पास्ता र नुडल्सको मिश्रित स्वरूप र स्वादमा एसियन थाई फुड्सले नयाँ खाद्यवस्तु उत्पादन उनले बताए ।